मकवानपुर –आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।
कार्यालयले अन्तरशुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ ।
यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ रु ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ रु छ करोड ३५ हजार, घरबाहलतर्फ स्रोतमा रु दुई करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ रु सात हजार मात्र राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ ।
कार्यालयले अघिल्लो आव २०७८÷७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब रु ४० करोड १४ लाख ४७ हजार थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आव २०७८÷७९ मा रु छ अर्ब २७ करोड ७४ लाख १४ हजार कूल राजस्व असुली गरेको थियो ।

तपाईको प्रतिक्रिया