मुम्बई – कार्तिक आर्यन, अनन्या पाण्डे र भूमि पेडनेकर स्टारर ‘पति पत्नी र वो’ फिल्ममा वैवाहिक सम्बन्धबारेको संवाद विवादमा आएको छ । आगामी मंसिरको तेस्रो साता प्रदर्शन हुने फिल्मको ट्रेलर रिलिज भएपछि दर्शकले यसको संवादमा आपत्ति जनाएका छन् ।

अभिनेता कार्तिक आर्यनले एक संवाद बोलेका छन्, जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । ट्रेलरमा कार्तिक ‘भन्छन्, पत्नीसँग शारीरिक सम्बन्धको इच्छा राखियो भने हामी भिखारी, पत्नीसँग शारीरिक सम्बन्ध राखिएन भने हामी अत्याचारी । अनि कुनै तरिकाले जुगाड गरेर पत्नीसँग शारीरिक सम्बन्ध राखिएछ भने पनि बलात्कारी पनि हामी हौं ।’-एजेन्सी

तपाईको प्रतिक्रिया