काठमाडौं – मंगलबार साँझ कलंकीस्थित कलंकीमाई मन्दिर नजिकै पूर्वउपसचिव विष्णु प्रसाद शर्माको  को घरलाई लक्षित गरी गोली प्रहार भएको छ।

गए राति अज्ञात समूहले शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

गोली झ्याल फोडेर घरभित्रै छिरेको छ। तर कसैलाई गोली भने लागेको छैन। गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन्।

घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया