काठमाडौं – निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वरमा रहेको लिम्बू भाषाको पालाम गीत ‘निङ्वा इगेक’ सार्बजनिक भएको छ । उक्त भिडियो सेवालुङ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्ग्नाम लिम्बू ,निङ्वा नेम्बाङ, सेखर इङ्ग्नाम,प्रदिप इङग्नाम प्रेम तामाङ, सुकमान इङ्ग्नाम ,दिलकुमार इङ्ग्नाम ,पुस्तिका इङ्ग्नाम ,कमला इङग्नाम ,तारा इङ्ग्नाम ,मनिका इङ्ग्नाम ,जोक मायाँ लिङ्देन र गोरी मायाँ इङ्ग्नामको अभिनय रहेको छ ।

निरन्ता नेम्बाङको शब्द तथा संगीत रहेको गीतको सुटिङ् पुर्बी नेपालको अत्यन्तै सुन्दर नगरी आठराई गाउँपालिका स्यागु र मौलो डाडाको मेलामा छायांकन गरिएको हो । इसक जबेगुले छायांकन गरेका छन् भने सम्पादन बिबी लिम्बूले गरेका हुन् ।
भिडियो..

तपाईको प्रतिक्रिया