काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया