काठमाडौं  – नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ ।

प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शनिबार धुम्वाराहीको एस आर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरि अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सांसद पासाङ शेर्पा , पुर्व सांसद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद भुपेन्द्र थेबे,लगायत अन्य धेरै बिशिष्ट ब्यातित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।्र प्रमुख अतिथी शेरधन राईले ताप्लेजुङ समाज नेपालले प्रदेश नम्बर एकको समग्र विकास र उन्नतीको यात्रामा अलग्गै पहिचान बोकेर देशलाई योगदान गर्न भुमिका खेल्ने विस्वास ब्यक्त गर्नुभयो । साथै प्रदेश नम्बर एकको समग्र विकास र समृद्धिमा सबै जिल्लाहरुले ताप्लेजुङ समाज नेपाल जस्तो संस्था स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।


ताप्लेजुङ समाज नेपाल बिशेष गरि ताप्लेजुङबाट काठमाडौं आएर बिभिन्न पेशा ब्यावसायमा आवद्ध भई बसोबास गर्ने आम ताप्लेजुङवासीहरुको बिशुद्ध साझा र स्वतन्त्र संस्थाको रुपमा स्थापना भएको र यस संस्थाले आपनो स्थापनाकालसंगै आम ताप्लेजुङवासीहरुको हितको निम्ती बिभिन्न महत्वपूर्ण कामहरु गर्दैै आएको र अन्य योजनाहरु अगाडी बढाईरहेको र त्यसैको निरन्तरतामा यो कार्यक्रम पनि आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर तुम्बाहाफेले बताए ।

विहान ११ वजेबाट सुरु भई बेलुका ५ बजे सम्म चलेकोे रक्तदान कार्यक्रममा २७७ जनाले रक्तदान गरेका थिए । एकै दिनमा यति धेरैको सख्यामा एकैपटक रक्तदान भएको नेपालको सम्भवत पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेका छन् । कार्यक्रम हजारौं जिल्लावासीहरको उपस्थितीमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई ब्यावस्थित र भव्य बनाउन गाँउपालिका र एक नगरपालिकाको छुटटा छुटै स्टलहरु राखिएको थियो । रक्तदान सगै वृहत सांगितिक कार्यक्रम पनि सम्पन्न भएको छ । स्थानिय कलाकारदेखि राष्टिय्र स्तरका ख्याती प्राप्त कलाका।रहरुको वेजोड प्रस्तुती रहेको थियो । पहिलो नेपाली तारा दिपक लिम्बु,डम्बर नेपाली अहिलेको चर्चित हाँस्य कलकार उमेश राई फुलन्देको आमा,मौसम इम्बु फुलन्देको बाउले दर्शकशरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका महासचिव  अग्नि पौडेलले गरेका थिए भने अनौपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका उप महासचिव याङजोम शेर्पाले गरेका थिए । वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमसंगै सस्थाको सदस्यता वितरण,क्यालेण्डर वितरण पनि हुने पनि गएिको थियो ।

तपाईको प्रतिक्रिया