काठमाडौं – काठमाडौंको जोरपाटीमा रहेको सेकुवा जक्सनमा एक पत्रकार सम्मेलनगरी डम्फु मिडियाको प्रस्तुति “यारिम म्हुईला पञ्जि” सार्वजानिक गरीएको छ ।
डम्फु मिडियाका प्रमुख तथा तामाङ कलाकार जगतमा महानायक भनेर परिचित अमिर दोङको शभापतित्वमा भएको कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्य रहेको थियो ।

अमिर दोङको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अमिर दोङ,सन्दिप स्याङ्तान,तुल्साङ मोक्तान,कुईसाङ रुम्बा,सुस्मा मोक्तान ,सबु गोले र सोनि गोलेको प्रमुख अभिनय रहेको छ ।

तामसालिङ मानव मोक्तान को शब्द÷संगित, सन्तोश तामाङ र जितु लोप्चनको स्वर रहेको यो गीत नोर्बु शेर्पाले एरेन्ज गरेका हुन् । बज्र न्यासुरको छायंकन, रेशम तामाङको मेकअप रहेको यो भिडियोमा नृत्य निर्देशन चर्चित नृत्य निर्देशक हेरुका लामाले गरेका छन् ।

कार्यक्रममा शुभकामना मनतब्य राख्ने क्रममा मिसन संमृद्ध नेपालका महासचिव तथा तामाङ समुदायका ख्याति प्राप्त पत्रकार मिलन दोङ ले शब्दले खोजे जस्तो सिन भिडियोले दिन नसकेको हो की भन्दै समग्रमा भिडियो राम्रो बनेको तथा आगामि दिनमा अझै राम्रो बन्नेमा बिस्वास गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिश्व दोङले मुखले भने जस्तो कामगर्न अझ कठिनहुने भन्दै शब्द चयन गर्दा केहि अध्ययन गर्न सुझाव दिएका थिए । दोङले यदि संगित क्षेत्रलाई सघाउने हो भने पत्रकार मित्रहरुले पनि कपि पेस्ट पत्रकारीता बाट उठेर खोजमुलक पत्रकारीतामा लाग्नु आजको आवश्यकता रहेको वताए ।

कार्यक्रमको अन्त्यमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा प्राय कलाकारहरु रहरले नै यो क्षेत्रमा प्रवेश गरेका र बुझे पछिमात्रै संस्कृति र समुदायको रक्षाको लागि कामगर्ने गरेको निर्देशक अमिर दोङ तथा कलाकार सन्दिप स्याङ्तान बताए ।

भिडियो…

तपाईको प्रतिक्रिया