काठमाडौं – सरकारले चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिए।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए ।

निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

भट्टराईले निर्माण गरेको चलचित्र यात्रा चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

तपाईको प्रतिक्रिया