काठमाडौं – चर्चित गायिका मीना निरौला र गायक अर्जुन पौडेलको  भर्जिन स्टुडियोमा “बबाल ….बबाल देखियो” बोलको गीत  रेकर्डिङ्ग सम्पन्न भएको छ ।

बेलायत निवासी जानु काम्वाङ् लिम्बुले लेखेको उक्त गीतको मीन विष्टले संगीत र कुमार थापाले संगीत संयोजन गरेका छन् । डान्सिङ् शैलीमा बनेको उक्त गीतको भिडियो छायांकन चाडै सम्पन्न गरि स्रोता, दर्शकहरुमाझ पु¥याउने गायक पौडेलले बताए । उनी बैदेशिक रोजगारको शिलसिलामा हाल ओमानमा कार्यरत छन् ।

‘ठमेल बजार’, ‘काले दाई’ जस्ता चर्चित गीतका गायिका निरौला र गायक पौडेल दुवैले यो गीत राम्रो बनेको बताउँदै गीतले दर्शक, स्रोताहरुको माया पाउनेमा आशावादी रहेको जनाए । गायक पौडेलले यसअघि अर्जुन मादेन लिम्बुको शब्द, संगीतमा ‘देखि रहन्छु जहिले’ बोलको गीत गाईसकेका छन् ।

तपाईको प्रतिक्रिया