काठमाडौं – नेपाली चलचित्र ‘घुइचो’को छायांकन शुरु हुने भएको छ । ‘घुइचो’को छायांकन माघ १ गतेबाट सुरु हुने बताइएको छ ।

रामजी दैलेखीको निर्माणमा बन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा मुख्य भूमिकामा एलिजा गौतम तथा नवअभिनेता कुन्साङ बमजन देखिँदैछन् भने अन्य कलाकारको छनोट भइरहको छ। 

अभिनेत्री एलिजाले चलचित्र ‘घुइँचो’मा बढी मेहेनत गर्ने बताइन्। सानैदेखि फिल्म खेल्ने सपना बोकेकी एलिजाले उक्त फिल्ममा फरक पात्रको रुपमा आउने बताइन्।

त्यस्तै, बमजनको यो पहिलो फिल्म हो । उहाँले ‘घुइँचो’को कथालाई मन पराएर सहमति जनाएको बताए। सोमबार नयाँ बाँनेश्वरमा चलचित्र ‘‘घुइचो’को घोषणा कार्यक्रम आयोजना गरिएको थियो । 

तपाईको प्रतिक्रिया