काठमाडौँ – ताप्लेजुङ कारगारमा नौ जनाको दरबन्दी रहेकामा अहिले जेलर एक, करारमा एक कम्युटर ओपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन् । दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका एक अहेव, एक लेखा र एक खरदारको दरबन्दी छ । जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताउनुभयो । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीले बताउनुभयो ।

ताप्लेजुङ कारागार विसं १९९२ मा बनेको हो । कारागारको नाममा फुङलिङ नगरपालिका–२ मा सात रोपनी जग्गा छ । नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट पत्र जिल्ला कारागारमा आएको छ । जेलर खवासले भन्नुभयो “योगेश भट्टराई पर्यटनमन्त्री हँुदा दुईपटक कारागारको जग्गामा अवलोकन गराएँ, कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु ।

तपाईको प्रतिक्रिया