काठमाडौं । नोभेम्वर ११ अर्थात ११ः११ को रुपमा परिचित यो दिन नजिकिदै गएको छ । विभिन्न अन्तर्राष्ट्रिय बजारमा यो दिन अनलाइनमा ठूलो सेल मेला लाग्ने गरेको छ । नेपाली बजारमा समेत अनलाइन सपिङको प्रचलन बढ्दै गएसँगै यसले चर्चा बटुली रहेको छ ।

नेपालमा रहेको अनलाइन सपिङ प्लेटफर्म दराजले केही बर्ष यता ११ः११ मा सेल मेला आयोजना गर्दै आएको छ । यस पटकको ११ः११ मा भने दराजले मोटरसाइकल समेत बिक्रीका लागि राख्ने भएको छ ।

नेपाली बजारमा सस्तो मानिएको इटालियन ब्राण्ड बेनेलीको टीएनटी १५० र १५० आर्इ यसपटक दराजले बिक्रीमा राखेको छ । योसँगै अन्य मोटरसाइकल समेत दराजबाट खरिद गर्न सकिने दारजले जनाएको छ ।

बेनेलीको शोरुममा ३ लाख २० हजार पर्ने टीएनटी १५० आइ दराज मार्फत खरिद गर्दा ३ लाख ६ हजार ५ सय रुपैयाँ पर्नेछ । यस्तै २ लाख ३० हजार रुपैयाँ पर्ने टीएनटी १५० लाई दराजमा २ लाख २३ हजारमा खरिद गर्न सकिने छ ।

यस्तो छ बेनेली टीएनटी १५० मोटरसाइकल

मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

नेपाली बजारमा टीएनटी–१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ ।

बेनेली टीएनटी–१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२।०६ बीएच पावर उत्पादन गर्छ । साथै, टीएनटी–१५०आर्इमा १४९।५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

दराजले उक्त मूल्यमा बेनेलीका बाइक आगामी कात्तिक २५ गतेमात्र बिक्री गर्नेछ ।

तपाईको प्रतिक्रिया