बगदाद -सयौंको संख्यामा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासमा नारावाजी गर्दै विरोध जनाएका छन् ।

स्थानीय मिडियाका अनुसार उनीहरुले हिंसात्मक विरोध प्रदर्शन गरेका छन् । ‘अमेरिका मुर्दावाद’ भन्दै उनीहरुले दूतावासमा चर्को नारावाजी गरिरहेका छन् । साथै दूतावासका सिसी क्यामेरा फुटाउँदै, कम्पाउन्डभित्र पानीका बोतल फ्याँक्दै उनीहरु दूतावासभित्रै छिर्ने प्रयास गरिरहेको बताइएको छ ।

अमेरिकी सेनाले इराकमा सिया समुदायका २५ लडाकुको ज्यान जाने गरी आक्रमण गरेको भोलिपल्टै यस्तो प्रदर्शन भएको हो । अमेरिकी दूतावास भएको क्षेत्र ग्रिन जोन मा अहिले पनि प्रदर्शन जारी छ । प्रदर्शनकारीको ठूलो समूह दुतावास भित्रै छिर्ने प्रयास गरिरहेको छ ।-एजेन्सी

तपाईको प्रतिक्रिया