काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्।

लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ। 

अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ।

अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ। 

तपाईको प्रतिक्रिया