स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
सिमकोट (हुम्ला), ३२ साउन - हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भा...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता
भक्तपुर, ३१ साउन - कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड ९एनजी० ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिनुभयो । विगतका वर्षमा दुई वटासम्...

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिनुभयो । बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजा...

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह
काठमाडौं - देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताउनुभयो । उह...

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो । नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ ...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं - नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौध...

डेङ्गुबाट एक जनाको मृत्यु

डेङ्गुबाट एक जनाको मृत्यु
चितवन, २६ साउन - डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०÷८१ मा...

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क
कास्की, २५ साउन - आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्...

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गर्नुभयो । उहाँले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताउनुभयो । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने...

प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग

प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग
काठमाडौं - ‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ । सो संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र दिई उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो । विसं २०७० देखि ९९ वि...