ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : वायुसेवा सञ्चालक
काठमाडाैं - आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।
निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्य...