जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद

जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद
दमौली - जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु...

एकै दिन लागुऔषधसहित तीन युवक पक्राउ

एकै दिन लागुऔषधसहित तीन युवक पक्राउ
लहान- नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स३प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्...

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन
काठमाडौँ - सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पु...

अनेरास्ववियुले टुङ्ग्यायो सबै जिल्लाका संयोजक, सहसंयोजक

अनेरास्ववियुले टुङ्ग्यायो सबै जिल्लाका संयोजक, सहसंयोजक
काठमाडौँ - अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिनुभयो ।

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा
काठमाडौँ - त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा तथा एपीएफले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटमा नै हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले जाउलाखेललाई २५–११, २५...

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
काठमाडौँ - धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै ...

लाइसेन्स वितरण गर्न अनुमति

लाइसेन्स वितरण गर्न अनुमति
सुर्खेत - यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आजदेखि अनलाइन आवेदन खुल्ला गरेको छ । यसअघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुई ...

‘उजुरी पर्दैमा भ्रष्टाचार हुँदैन’

‘उजुरी पर्दैमा भ्रष्टाचार हुँदैन’
चिप्लेढुङ्गा - गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उजुरी पर्दैमा भ्रष्टाचार भयो भनेर बुझ्नु नहुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज पोखरामा आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा उहाँले उजुरीलाई आधार मानेर धारणा बनाउन गलत हुने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “स्थानीय तहमा व्यापक भ्रष्टाचार भयो भनेर समाचार आइरहेका छन...

गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति
काठमाडौँ - प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंँजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिनुभयो । परिसरका...

लामिछानेसहित तीनै जनालाई सफाइ

लामिछानेसहित तीनै जनालाई सफाइ
भरतपुर - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले आज आइतबार उक्त फैसला गरेको हो । मागदावी नपुगेकाले तीनै जनाले सफाइ पाएको गिरीले राससलाई जानकारी दिनु...