भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल
सप्तरी - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन शुरु गरिने बताउनुभएको छ । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताउनुभयो । नेकपाका सचिवालय सदस्य रहनुभएका ...

‘राम साइली’को ट्रेलर सार्वजनिक

‘राम साइली’को  ट्रेलर सार्वजनिक
काठमाडौं - फिल्म ‘राम साइली’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि बुद्धि तामाङ, दावा फिन्जो तामाङ, मोनिका दाहाल, श्याममाया तामाङ, दिनेश कोइरालाको अभिनय रहेको फिल्म ‘राम साईली ’ को ट्रेलर ओ. एस. आर. डिजिटलको यूट्यूबबाट सार्वजनिक भएको हो । लक्षमण योञ्जन तामाङद्वारा निर्देशित उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेसगै प्रदर्शनको मिति पनि तोकिएको छ । सो फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा ...

पत्रकार महिला पुरस्कार स्थापना

पत्रकार महिला पुरस्कार स्थापना
इलाम - नेपाल पत्रकार महासङ्घ इलामले क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्ने उद्देश्यले रु ५० हजार राशिको कोष स्थापना गरेको छ । इलाम नगरपालिकाबाट रु २५ हजार र शाखाको तर्फबाट रु २५ हजार गरेर रु ५० हजारको कोष स्थापना गरिएको हो । क्रियाशील पत्रकार महिला पुरस्कार कोषको आइतबार शाखाको १६ औँ साधारणसभामा घोषणा गरिएको थियो । कोषबाट पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महि...

काजी बाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

काजी बाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बासिंह कुँबर (काजी बा) को निधनप्रति दुःख व्यक्त गरेको छ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज संयुक्त रुपमा वक्तव्य जारी गर्दै नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने काजी बाको असामयिक निधनको खबरले मर्माहत भएको जनाउनुभएको छ । वक्तव्यमा भ...

काभ्रेमा बुधबारदेखि खोप लगाइने

काभ्रेमा बुधबारदेखि खोप लगाइने
बनेपा - कोभिड–१९ को महामारीका बेलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई काभ्रेपलाञ्चोकमा पनि बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार कोरोनाविरुद्धको खोप आज जिल्लामा आई पुगेसँगै खोप लगाउने तयारीको लागि आवश्यक जनशक्तिसहित खोप लिने व्यक्तिको नामावलीसमेत तयारी गरिसकेको छ । जिल्लाको ...

टिनको छानो भएका घर बनाउँदै सरकार

टिनको छानो भएका घर बनाउँदै सरकार
बाँके - सरकारले बर्दियामा चार हजार २४६ टिनको छानोसहित घर निर्णाण गर्ने भएको छ । जनतालाई सुरक्षित नागरिक आवास निर्माण गर्ने अभियानअन्तर्गत बारबर्दिया नगरपालिकाले गरीबको घरको छानो बनाउने योजना बनाएको छ । नगरप्रमुख दुर्गाबहादुर थारुले भन्नुभयो, “यस वर्ष प्रत्येक वडाका ४० घर परिवारको घरको छानो निर्माण गर्दैछौँ । नगरमा ३४४ घरमा टिनको छानो लगाइनेछ ।” सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत सुर...

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्था र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको छ ।यसैगरी आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रद...

पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत

पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत
दमौली - नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत हुनुभएको छ । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ । सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारी...

सात वर्षीया बालिकालाई उद्धार

सात वर्षीया बालिकालाई उद्धार
जनकपुरधाम - ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेsf दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाक...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ
काठमाडौं - स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हु...