आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द

आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द
भक्तपुर - चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । नगरपालिका क्ष...

प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

प्रधानाध्यापकलाई नौ महिना कैद सजाय
ओखलढुङ्गा - ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो । दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुव्र्यवहार...

आलेखः तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

आलेखः तरकारी बजारले बदलियो फिस्लिङको पहिचान
भरतपुर - पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहा...

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत
काठमाडौं - सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभयो । विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ । ट्रेड युनियन दर...

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल
दोरम्बा (रामेछाप) - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि नेकपा ९माओवादी केन्द्र० ले लिने बताउनुभएको छ । माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आज आयोजना गरेको २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन थालेको माओवादीले नै भ्रष्टाचारको अन्त्य गर्ने बताउनुभयो । ...

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह
काठमाडौं - नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार...

कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो – छानबिन समिति

कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो – छानबिन समिति
संखुवासभा - संखुवासभा स्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिनुभएको हो । यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान...

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय
मुगु- गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् । वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान बनाउने हो भन्ने चिन्तामा यहाँका स्थानीय नसुतेर रात कटाउने गरेका छन् । ...

सामान्य अङ्कले बढ्यो नेप्से

सामान्य अङ्कले बढ्यो नेप्से
काठमाडौं - नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका कुल ४० लाख नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ । यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ...

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने
काठमाडौं - जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिडवाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको ...