विद्यार्थी नै बेच्छन तरकारी

विद्यार्थी नै बेच्छन तरकारी
तुलसीपुर - केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफँैले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् । कृषि शिक्षा बढी प्रयोगात्...

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान...

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ
गोरखा - प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनाला...

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
फुङ्लिङ (ताप्लेजुङ) - ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन...

जापानमा नेपाली रेस्लरको जित (फोटो फिचर)

जापानमा नेपाली रेस्लरको जित (फोटो फिचर)
काठमाडौं - जापानमा भएको रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए । भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेका छन् । एनआरएन...

नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब

नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब
काठमाडौँ - नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक रु पाँच हजारका दरले तलब प्रदान गर्ने आज यहाँ सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । सोही आवसरमा राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई आज नै त...

एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत

एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
काठमाडौं - पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो  अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । नेपालका लागि सुरुआती ब्याट्सम्...

जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ

जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ
चितवन - जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला...

भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग

भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग
काठमाडौँ- सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गर्नुभयो । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत ...

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्
बलेवा, (बागलुङ)- विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत पानी भन्न दियो, नत गुहार नै माग्न । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । बागलुङ ढोरपाटन नगरपालिका–९ को भुजीखोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेका थिएनन् । खोलाको बहाव आफ्नै ...