पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम
चुरे, मकवानपुर - नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।
५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा...