मनशाय पत्र लिइ मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिन माग

मनशाय पत्र लिइ मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिन माग
काठमाडौं - “स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर घर फर्किने गर्दछन् । यसैले ‘एक प्रदेश, एक मेडिकल कलेज’ स्थापना हुनुपर्छ । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अस्पताल जस्ता मापदण्ड पूरा गरेका कलेजलाई सरकारले सम्बन्धन दिनुपर्छ । यस्ता कलेजले सम्बन्धन प...

२४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
काठमाडौँ, १४ चैत । नेपालमा गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत छ । पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएस...

कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द

कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द
डोटी - भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् । भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रह...

यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ

यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ
सप्तरी - शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गरा...

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या
दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो । अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको रु एक करोड विगत छ महिनादेख...

सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने : मन्त्रालय

सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने : मन्त्रालय
काठमाडौं - सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । “बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरक...

थप १४५ जनामा कोरोना सङ्क्रमण

थप १४५ जनामा कोरोना सङ्क्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १८७ पुगेक...

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी
बनेपा - करीब दुई महीनादेखि कम्प्युटर शिक्षा लिन थाल्नुभएका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झनु भएको छ । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उहाँँले बताउनुभयो । कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी तामाङले पहिला कम्प्युटर के हो रु कसरी काम गर्छ, भन्ने नै थाहा नपाएकामा अब त्यस बारेमा सामान्य ज्ञान लिन पाएको बताउनुभयो । ‘‘दुर्गम क्षेत्रमा बसेर पनि व...

सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द

सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द
दूल्लु - नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब १५०, सोमबार कर...

टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौती

टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौती
भजनी - अछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी हुनुहुन्छ । जति खुशी भीमबहादुरमा छ चिन्ता पनि त्यति नै छ । आफू बस्दै आएको कैलालीको टीकापुर बहुमुखी क्याम्पसको जग्गा खाली गर्नुपर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्छ उहाँ । “आजसम्म जग्गाधनी पुर्जा पाउने आशामा बसियो । नेताहरूले त्यही आश्वासन दिएर कैयौँ पटक चुनाव पनि जि...