हिमालपारी नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

हिमालपारी नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार
सिमकोट - सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय...

अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता

अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता
काठमाडौँ - काठमाडौँबाट सञ्चालनमा रहेका अनलाइन टेलिभिजन सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अनलाइन टेलिभिजनमा विकृति अत्यधिक भएको स्वीकार गर्दै उनीहरुले अहिलेको पत्रकार आचारसंहितामा केही थपघट गरेर आफ्नो तर्फबाट अर्को आचारसंहिता बनाउने निर्णय पनि गरेका छन् । अनलाइन टेलिभिजन सञ्चालकको प्रथम भेला तथा विज्ञसँगको अन्तरक्रिया कार्यक्रममार्फत उनीहरुले स्वनियमन गर्ने र सङ...

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन
काठमाडौँ - नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसक्नुभएको छ । जारी लिगमा उहाँ हालसम्म सर्वाधिक गोलकर्ता बन्नुभएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उहाँ उक्त लिग खेल्न माघ ७ गते भारत जानुभएको हो । दोस्रो पटक सो लिग खे...

जब प्रधानमन्त्रीले सारङ्गी र बाँसुरी बजाउनुभयो …

जब प्रधानमन्त्रीले सारङ्गी र बाँसुरी बजाउनुभयो …
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली आज ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी हुनुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले...

२२ लाखको मोबाइलसहित पक्राउ

२२ लाखको मोबाइलसहित पक्राउ
काठमाडौँ - प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई आज नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ । काँकडभित्ताबाट काठमाडाँैतर्फ आउँदै गरेको प्रदेश ३...

वल्र्ड रेकर्ड राखेकी दिदी-बहीनीलाई राष्ट्रपतिको हातबाट प्रमाणपत्र

वल्र्ड रेकर्ड राखेकी दिदी-बहीनीलाई राष्ट्रपतिको हातबाट प्रमाणपत्र
काठमाडौं - एकै घरका दुई दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी गत शुक्रबार राष्टपति विद्यादेवी भण्डारीको हातबाट प्रमाणपत्र प्रदान गरिइएको छ । विश्व किर्तिमानी राखेका दुई दिदी- बहीनीलाई राष्ट्रपति भण्डारीले चन्द्रगिरी मातातिर्थको पानी खाएर यति तन्दरुस्त भएको भन्दै बधाई दिइन् । साथै उनले नेपालको छोरील...

पत्रकारलाई पारिश्रमिक दिन माग

पत्रकारलाई पारिश्रमिक दिन माग
काठमाडौँ - प्रेस सङ्गठन नेपाल, प्रतिष्ठान प्रदेश कमिटीले सञ्चारगृहलाई श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारलाई सेवा उपलब्ध गराउन आग्रह गरेको छ । प्रतिष्ठानका संयोजक वीरेन्द्र ओली र सहसंयोजक हरिवल्लभ नेपालले आज विज्ञप्ति जारी गर्दैै नागरिक दैनिक, रिपब्लिका दैनिक र कारोवार दैनिकमा ऐन अनुसारको सेवासुविधा दिन आग्रह गर्नुभएको हो । ती दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी ऐनअनुसार सेवा सुविधा नपाएकाले उ...

गोदावरीमा पर्यावरण टेलिभजन

गोदावरीमा पर्यावरण टेलिभजन
ललितपुर - वातावरणका विषयमा आधारित कार्यक्रम प्रसारण गर्ने अभिप्रायले पर्यावरण टेलिभिजन शुरु गरिएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा २०६० सालदेखि सञ्चालनमा आएको ‘रेडियो पर्यावरण १०४.२ मेगाहर्ज’ को १६आँै स्थापना दिवसको अवसरमा आजबाट उक्त टेलिभिजनको प्रसारण थालिएको हो । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो टेलिभिजन स्थापनाले मुलुकक...

कोरोना भाइरस – सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ

कोरोना भाइरस – सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ
काठमाडौँ - विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ । नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ । चिकित्सकले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने बताएका छन् । स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझा विशेष गरी सरसफाइमा ध्यान दिने, माक्स लगाउने, भिडभाडमा नजाने, बिरामीलाई छोएमा हात रा...

तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई

तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई
तनहुँ - तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल हुनुभएको छ । उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गर्नुभएको हो । ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिम¥याङसम्मको करीब ४४ किलोमिटर दूरी उहाँले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गर्नुभएको हो । त्यसैगरी कालीकोट ज...