जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते
कास्की - पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पताल...

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा
कर्णाली - जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावत...

सुवर्ण अवसर, गोसाइकुण्ड, लाङटाङ र हलेसी

सुवर्ण अवसर, गोसाइकुण्ड, लाङटाङ र हलेसी
काठमाडौं - एम डी एडभेन्चर ट्राभल्स एण्ड टुर्सले गोसाईकुण्ड लगायत देशभरका विभिन्न धार्मिक तथा पाकृतिक सुन्दरस्थलका लागि सस्तो हेली प्याकेज ल्याएको छ। विशेष गरी आन्तरिक पर्यटकको रोजाईमा रहेको स्थानलाई लक्षीत गरेर प्याकेज ल्याएको एम डी एडभेन्चर ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक लिला लामाले बताए। उनले भने घुम्न जान चाहने तर एकै पटक पैसा तिर्न नसक्नेहरुका लागि स्थानअनुसारको किस्ताको पनि ब्य...

शम्भू फोम्बो र सुनिताको ‘आनिङवा’ सार्वजनिक

शम्भू फोम्बो र सुनिताको  ‘आनिङवा’ सार्वजनिक
काठमाडौं - गायक शम्भु फोम्बो र गायिका सुनिता संयक लिम्बुको स्वरमा रहेको ‘आनिङवा’ (पालाम) बोलको गीत सार्वजनिक भएको छ । अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायक /गायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । शब्द शान्ता केरुङको छ भने संगीत रीता फोम्बो ठूली र सुमन लिम्बूको,अशोक लोहरुङ राईको एरेन्ज रहेको छ । लोकेन साँवा लिम्बूले निर्देशन गर...

दामन भ्यूटावर चार महिनादेखि बन्दः पर्यटक खिन्न हुँदै फर्किदै

दामन भ्यूटावर चार महिनादेखि बन्दः पर्यटक खिन्न हुँदै फर्किदै
मकवानपुर - मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो- नेपालको शीतल भ्यूटावर । दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउन...

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्...

सुधीर भन्छन्, आशय बंग्याइयो

सुधीर भन्छन्, आशय बंग्याइयो
‘सगरमाथा दाबी गरेको होइन, अंग्रेजी नाममा सिकदरको श्रेय खोजेको’ काठमाडौं - भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथासम्बन्धी प्रसारित सामग्रीमा आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै त्यसलाई प्रस्ट्याएका छन्। जी न्युजमा प्रसारित उनको रिपोर्ट नेपालमा भाइरल भएपछि बुधबार भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘सगरमाथामाथि भारतको दाबी मैले भनेको होइन। र, कदापि त्य...

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ – मन्त्री नेम्वाङ

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ – मन्त्री नेम्वाङ
पाँचथर - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उहाँको भनाइ छ । फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले प...

आज माघे सङ्क्रान्ति मनाइँदै

आज माघे सङ्क्रान्ति मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आद...

राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् – राष्ट्रपति

राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् – राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी...