बृहत खानेपानी योजना शुरु

बृहत खानेपानी योजना शुरु
दमौली - तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका...

रातो हाब्रेको संरक्षण गर्न विद्यालयमा पठनपाठन

रातो हाब्रेको संरक्षण गर्न विद्यालयमा पठनपाठन
फुङलिङ - लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्...

नक्कली नेपाली नोटसहित दुई पक्राउ

नक्कली नेपाली नोटसहित दुई पक्राउ
कञ्चनपुर - सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ...

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
सर्लाही - सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी बचाऊँ’ अभि...

बालप्रतिभा पुरस्कृत

बालप्रतिभा पुरस्कृत
सप्तरी - बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ । राजविराजको तेरापंथ भवनमा शनिबार आयोजित कार्यक्रममा सर्वश्रेष्ठ बालिका तृप्ती चौडरिया, सर्वश्रेष्ठ बालक केशव सुराना र प्रतिभावान बालिका मोहिता छाजेडलाई प्रमाणपत्रसहित पुरस्कृत गरियो । यसैगरी कक्षा १ र कक्षा २ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप उपहार प्रदान गरिएको छ । ज्ञानशालामा निःशुल्क अध्ययन गराउने शिक्ष...

काठमाडौंमा बर्डफ्लु भेटियो

काठमाडौंमा बर्डफ्लु भेटियो
काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताउनुभयो । बर्डफ्लु पुष्टि भएसँगै आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका...

जुवाको खालबाट लेखापाल पक्राउ

जुवाको खालबाट लेखापाल पक्राउ
बलेवा - जिल्लाको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित छ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधार...

बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ
सप्तरी - बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गर्नुभएको थियो । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भ...

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली
चितवन - प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज यहाँ आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले भन्नुभयो, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उहाँले ...

पीडितले कम खर्चमा न्याय पाउनुपर्छ – न्यायाधीश कार्की

पीडितले कम खर्चमा न्याय पाउनुपर्छ – न्यायाधीश कार्की
दुल्ल - सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले कम खर्चमा पीडितले न्याय पाउनुपर्ने बताउनुभयो । अदालती प्रक्रियालाई छिटोछरितो र कम खर्चिलो बनाउन सरोकारवालाका सुझाव सङ्कलनका लागि दैलेखमा आउनुभएका कार्कीले यस्तो बताउनुभएको हो । मुद्दा प्रक्रियाका लागि पीडितले आफू र सहयोगीको यातायात खर्च, खान बस्न, वकिलको पारिश्रमिकलगायतका खर्चलाई जोडेर बढी खर्चिलो मानेकाले त्यसलाई कम कसरी गर्न सकिन्छ भनेर सु...