शीतको टहरामा बस्दै बाढीपीडित

शीतको टहरामा बस्दै बाढीपीडित
यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् । गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण...

खैरो हिरोइन सहित दुई पक्राउ

खैरो हिरोइन सहित दुई पक्राउ
काठमाडौँ – बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको साथबाट ल...

संस्कृति सिकाउन न्याउल्या र होरीको अभ्यास

संस्कृति सिकाउन न्याउल्या र होरीको अभ्यास
कैलालीको टीकापुरमा युवापुस्तालाई कला र संस्कृति सिकाउन साप्ताहिकरूपमा न्याउल्या र होरी खेलको अभ्यास शुरु भएको छ । युवापुस्ताले कला र संस्कृति संरक्षणमा चासो नदेखाएपछि उनीहरुलाई सिकाउने अभ्यास शुरु गरिएको हो । टीकापुर सांस्कृतिक समाज र खप्तड सांस्कृतिक समाजको संयुक्त पहलमा हरेक साताको शनिबार दिउँसो तीन÷तीन घण्टा न्याउल्या र होरी खेल्न सिकाइने भएको छ । शनिबार साप्ताहिकरूपमा खेलाइने खेल उद्घाटन ग...

फलफूल बगैँचा बनाउँदै खोटेहाङ

फलफूल बगैँचा बनाउँदै खोटेहाङ
काठमाडौँ – खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनुका साथै बसाइँसराइका कारण बाँझिएको खेतीयोग्य जमिन पुनः उपयोगमा ल्याएर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गाउँपालिकाले व्यावसायिक फलफूल बगैँचाका लागि अनुदान दिने भएको हो । बाँझिदै गएको जग्गालाई पुनः प्रयोगमा ल्याउन आगामी फागुन ३ गतेभ...

आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन

आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन
काठमाडौँ – तनहुँमा आन्तरिक पर्यटन पुनरूथान समिति गठन भएको छ । समितिको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोषाध्यक्षमा फूलमति थापा र सदस्यहरुमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र सङ्गीता प्रधान चयन हुनुभएको छ । आन्तरिक पर्यटन पुनरूथान समिति ९गण्डकी प्रदेश० का संयोजक अग्नि कँडेल, सहसंयोजक सञ्जयकान्त सिग्द...

पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गर्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गर्नुभएको हो । आफ्नो कार्यकालमा तनहुँ जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम ...

हिमपातले घुन्सा गाउँ अध्यारोमा

हिमपातले घुन्सा गाउँ अध्यारोमा
काठमाडौ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा शुक्रबार बेलुका ६ बजेदेखि निरन्तर हिउँ परेसँगै चिसोले पानी जमेपछि विद्युत््गृह बन्द भएको छ । शुत्रबारदेखि निरन्तर हिमपात भइरहेको घुन्सा गाउँका स्थनीयवासी केल्साङ शेर्पाले जानकारी दिनुभयो । शेर्पाले भन्नुभयो, “हिजोदेखि निरन्तर हिम पात भइरहेको छ । अहिले करिव दुई फुटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेपाले बताउनुभयो । विद्य...

छोरीको हत्या गरी बाबु फरार

छोरीको हत्या गरी बाबु फरार
काठमाडौ – बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा ९धामी०को गोली हानी हत्या गरेका हुन् । शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, ...

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा
कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक ...

जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही

जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही
काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबिनिवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही गरिने चेतावनी दिनुभएको छ । मन्त्री तुम्बाहाङफेले भन्नुभयो “एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही हुन्छ ।” भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई आज यहाँ निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन...