गाउँ फर्किएका नेपालको कृषि फार्म

गाउँ फर्किएका नेपालको कृषि फार्म
टक्सार (भोजपुर) - बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्कनुभएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिनुहुन्छ । विसं २०४७ मा विराटनगर बसाइँ जानुभएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किनुभएको थियो । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउनुहुन्छ । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर न...

एक अर्काको धर्म, संस्कार र आस्थालाई सम्मान गरौँ – सभापति लामिछाने

एक अर्काको धर्म, संस्कार र आस्थालाई सम्मान गरौँ – सभापति लामिछाने
भरतपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राख्नुभएको छ । कार्यक्रमका सहभागी हुन चितवन आउनुभएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले कुनै पनि अतिवादलाई स्व...

पाँचपोखरी जानेको चहलपहल सुरु

पाँचपोखरी जानेको चहलपहल सुरु
सिन्धुपाल्चोक - जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन...

अनलाइनमार्फत ‘बस टिकट’

अनलाइनमार्फत ‘बस टिकट’
काठमाडौं - आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो । यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक...

कोशी प्रदेशका मुख्यमन्त्री लिएको विश्वासको मत संविधान प्रतिकूल

कोशी प्रदेशका मुख्यमन्त्री लिएको विश्वासको मत संविधान प्रतिकूल
काठमाडौं - सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त आदेश गरेको हो । “विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी मुख्यमन्त्री उद्धव थापाले...

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र
काठमाडौं - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमासमेत प्रदर्शनको अवसर पाउन थाले...

प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गर्नुभएको छ । आज दिउँसो उहाँले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गर्नुभएको थियो । उहाँले इन्जिनियर, प्राविधिक र पुनःनिर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभएको थियो ।

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन
ढोरपाटन (बागलुङ) - बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको थियो । दुई पालिकाको सिमाना पान्डाखोला नजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक...

मलेसियामा बेपत्ता छोराको खोजी गरिदिन अपिल

मलेसियामा बेपत्ता छोराको खोजी गरिदिन अपिल
झापा - वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ । राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया जानुभएको थियो । मलेसिया पुगेको एक सातापछि आफूमाथि ‘गैरकानुनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उहाँको त्यसपछिको वास्तविक अवस्थ...

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

रित्तिदै गाउँ, जीर्ण बन्दै घर
भरतपुर - इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान र श्रीमती मात्रै छौँ”, मगरले भन्नुभयो, “कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।” पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच÷छ घर मात्रै छन् । केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्र...