एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर
काठमाडौं  - कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन । पाकिस्तानविरुद्धको...

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य
काठमाडौं - मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । उक्त विपद्का घटनाम...

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपाल ब्याटिङ गर्दै

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपाल ब्याटिङ गर्दै
काठमाडौं - आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । त्यस्तै समूह ‘बी’...

उप-प्रमुख प्रतिमा लामाकाे शिक्षा र स्वास्थ विकासमा जोड

उप-प्रमुख प्रतिमा लामाकाे शिक्षा र स्वास्थ विकासमा जोड
 रसुवा - गोसाइकुण्ड गाउपालिकामा  तीन दिने बाल अधिकार संरक्षण र बाल मैत्री स्थानिय शासन प्रवर्द्धन कार्यक्रम  सम्पन्न भएको छ । उप -प्रमुख प्रतिमा लामाले जब सम्म शिक्षा र स्वास्थमा विकास हुदैन तब सम्म त्यो ठाउको दिगो विकास हुदैनू भन्ने हाम्रो पर्व मान्यता अनुरूप शिक्षा र स्वास्थ्यमा नै जोड दिएर निति तथा कार्यक्रमहरू बनाइरहेको बताउनु हुदै आजको बालक भोलिको  कर्णधार हुन तसर्थ बालबालिकाहरूको अधिकार ह...

बाल अधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सम्पन्न

बाल अधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सम्पन्न
रसुवा – गोसाइकुण्ड गाउपालिकामा संचालित तीन दिने बाल अधिकार संरक्षण र बालमैत्री स्थानिय शासन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । तीन दिने कार्यक्रममा गाउपालिका भित्रका जनप्रतिनिधिहरू, बाल क्लबका पदाधिकारीहरू र बाल क्लाबका शिक्षकहरूको सहभागितामा थियो भने कार्यक्रम गोसाइकुण्ड गाउपालिका उप प्रमुख प्रतिमा लामा ज्युको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रम एकप्याट लक्सम्वर्गको आर्थिक सहयोगमा रा...

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा
काठमाडौं  - यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो । गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्द...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
काठमाडौँ - सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर...

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’
काठमाडौं - शान्ता जीसी र प्रेम सापकोटाको आवाजमा ‘गोप्य कुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि।सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत ‘न रविले देख्न सक्छ’ र तीज गीत ‘घरबारी लगायत अन्य गीतहरु बजारमा आएर चर्चा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत ‘गो...

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँहरुलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा न...

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो
काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु ए...