रसुवा – गोसाइकुण्ड गाउपालिकामा  तीन दिने बाल अधिकार संरक्षण र बाल मैत्री स्थानिय शासन प्रवर्द्धन कार्यक्रम  सम्पन्न भएको छ ।

उप -प्रमुख प्रतिमा लामाले जब सम्म शिक्षा र स्वास्थमा विकास हुदैन तब सम्म त्यो ठाउको दिगो विकास हुदैनू भन्ने हाम्रो पर्व मान्यता अनुरूप शिक्षा र स्वास्थ्यमा नै जोड दिएर निति तथा कार्यक्रमहरू बनाइरहेको बताउनु हुदै आजको बालक भोलिको  कर्णधार हुन तसर्थ बालबालिकाहरूको अधिकार हामीले भरपुर संरक्षण गर्दै बाल मैत्री स्थानीय शासन ब्यवस्थाको प्रवर्द्धन गर्दै लैजान हामी स्थानिय सरकारको पहिलो प्राथमिकता रहेको पनि स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै बालबालिकाहरूको गाँस, बास, कपास,शिक्षा र स्वास्थ्य सम्बन्धि सम्पुर्ण अधिकार सुनिचित गराउने कुरामा हामी स्थानिय सरकार हदै सम्मको प्रयसरत छौं भन्नु हुँदै सोही अनुरूप हामीले यो गाउपालिका भित्र गत आर्थिक बर्षमा ५० जनाबाट सुरूवत गरेको निशुल्का शिक्षा कार्यक्रम अत्यन्त सफल भएको र सो कार्यक्रम सबैले मन परेको हुदाँ यो बर्ष १०० जनालाई पुर्ण रूपमा निशुल्का रूपमा छात्रबासमा राखेर पढाउने कार्यक्रम रहेको कुरा पनि जानकार गराउनु भयो ।

तीन दिने कार्यक्रममा गाउपालिका भित्रका जनप्रतिनिधिहरू, बाल क्लबका पदाधिकारीहरूको सहभागितामा थियो भने कार्यक्रम गोसाइकुण्ड गाउपालिका उप प्रमुख प्रतिमा लामा ज्युको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रम एकप्याट लक्सम्वर्गको आर्थिक सहयोगमा राष्ट्रिय बाल अधिकार परिषद, सेलर्ड र शक्तिसमूहको सहकर्यमा गोसाइकुण्ड गाउपालिकामा सुरक्षको लागि साथसाथै परियोजना अन्तर्गत बाल अधिकार संरक्षण र बाल मैत्री स्थानिय शासन प्रबर्द्धन कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी बाल क्लाबका विद्यार्थीहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया