मापदण्डविपरीत दाहाललाई थप सुरक्षाकर्मी

मापदण्डविपरीत दाहाललाई थप सुरक्षाकर्मी
काठमाडौं - सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो । अघिल्लो सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल ...

देउवा पाँचौंपटक प्रधानमन्त्री : आगामी दिन थप चुनौतीपूर्ण

देउवा पाँचौंपटक प्रधानमन्त्री : आगामी दिन थप चुनौतीपूर्ण
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचाैँ पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन्। ४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा फेरि उनै ओलीलाई विस्थापित गर्दै मंगलबार प्रधानमन्त्रीको जिम्मेवारीमा सिंहदरबार पुगेका हुन्।   आफ्नै नेतृत्वमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई विपक्षमा बस्ने जनमत प्राप्त भएपछि...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ
काठमाडौं - राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक विकासको पनि आशा र अपेक्षा गरेका थियो। अझ चुनावी गठबन्धन बनाएका दुई दलबीच एकीकरण भएपछि आम जनताले ओली नेतृत...

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला
काठमाडौं - प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार (आज)का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ । संविधानको व्याख्या गर्ने अ...

कमिसनको जालोमा खानेपानी योजना

कमिसनको जालोमा खानेपानी योजना
डोटी - जिल्लाको शिखर नगरपालिका वडा नं ४, ५ र ६ अन्तर्गत पर्ने मुडभरा, पच्नाली, तिजाली खानेपानी आयोजनाको काम गुणस्तरहिन रहेको आरोप लागेको छ । बिप्लव माओबादी कार्यकर्ताले १५ प्रतिशत रकम मागेका कारण खानेपानी निर्माणमा समस्या आएको निर्माण व्यवसायीको आरोप छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक–पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको...

किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या

किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या
काठमाडौं - नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा पाइएको थियो । ...

ओली–नेपालबीच आरोप–प्रत्यारोप : अस्तित्व स्विकार्न मुस्किल

ओली–नेपालबीच आरोप–प्रत्यारोप : अस्तित्व स्विकार्न मुस्किल
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ। सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्...

रोइरहन्छ दिलमायाको दिल

रोइरहन्छ दिलमायाको दिल
‘अभिभावक बित्नुभयो, झुप्रो छाड्न भनियो, अब हामी कहाँ जाऔं ?’ उदयपुर - ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो।  पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदु...

एमाले एकता अझै अन्यौलमा, अन्तिमसम्म प्रयास गर्ने नेताहरुको भनाई

एमाले एकता अझै अन्यौलमा, अन्तिमसम्म प्रयास गर्ने नेताहरुको भनाई
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ । विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्न...

मेलम्चीको मुख्य सुरुङ सुरक्षित

मेलम्चीको मुख्य सुरुङ सुरक्षित
सिन्धुपाल्चोक -सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु¥याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ । “आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसत...