हुवावेद्वारा एसियाली मुलुकहरुमा फाइभ–जी पूर्वाधार विस्तार गर्ने घोषणा

हुवावेद्वारा एसियाली मुलुकहरुमा फाइभ–जी पूर्वाधार विस्तार गर्ने घोषणा
काठमाण्डौ । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइभ –जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानम...