ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : वायुसेवा सञ्चालक

ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : वायुसेवा सञ्चालक
काठमाडाैं - आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् । निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्य...

आत्महत्या दुरुत्साहन कानुन ‘अपूर्ण’

आत्महत्या दुरुत्साहन कानुन ‘अपूर्ण’
काठमाडौं - कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।  सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो।  एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन।  कार्यविधि वा नियमावली नबन्...

पुडासैनी मृत्यु प्रकरण : प्रहरीले अनुसन्धान फाइल सरकारी वकिललाई बुझायो, अब अगाडिको प्रक्रिया के ?

पुडासैनी मृत्यु प्रकरण : प्रहरीले अनुसन्धान फाइल सरकारी वकिललाई बुझायो, अब अगाडिको प्रक्रिया के ?
चितवन - पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएको छ । तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ। आइतबार जिल्ला प्रहरी कार्या...

सीता खजुमलाई एनआरएनए मलेसियाबाट एक लाख सहयोग

सीता खजुमलाई एनआरएनए मलेसियाबाट एक लाख सहयोग
काठमाडौं - गैरआवासीय नेपाली संस्था (एनआरएनए) को परोपकारी परियोजनाअन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा रु १ लाख रुपैयाँ प्रदान गरेको छ । सीतालाई प्रदेश नं. १ को सरकारले अध्ययन गराउँदै आएको कारण उनी काठमाडौं आउन पाइनन् । सीताकी आमा बुद्धमाया फियाक काठमाडौं आएकी थिइन् । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्ल...

पूर्वयुवराज्ञी हिमानीले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा (भिडियो)

पूर्वयुवराज्ञी हिमानीले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा (भिडियो)
काठमाडौं - पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्निपीडित, पश्चिम खारापानीका बाढीपीडित, सुर्खेतका बाढीपीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको स्पष्ट पारिन्। पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढीपीडितलाई राहत दिन पूर्वराज...

चार्जमा राखेको मोबाइलमा गेम खेल्दा किशोरको मृत्यु

चार्जमा राखेको मोबाइलमा गेम खेल्दा  किशोरको मृत्यु
विराटनगर - मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ-३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए। डीएसपी खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। शौजनलाई चार्ज ...

फेसबुकमा वन्यजन्तु सिकारीको तस्बिर : कलाकार सापकोटामाथि अनुसन्धान

फेसबुकमा वन्यजन्तु सिकारीको तस्बिर : कलाकार सापकोटामाथि अनुसन्धान
काठमाडौं - वन्यजन्तु सिकार गरेको तस्बिर फेसबुकमा राखेपछि कलाकार सम्राट सापकोटामाथि अनुसन्धान सुरु भएको छ । वन्यजन्तुको चोरीसिकारी गरेको अभियोगमा उनीविरुद्ध अनुसन्धान सुरु भएको हो ।  सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ । वन कार्यालयले सोधपुछ गरेर उनलाई तारेखमा छाडेको छ । थुनामा राख्ने पर्याप्त प्रमाण संकलन भइनसकेकाले उनी...

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्। लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि...

हेलिकप्टरबाट ल्याइएकाे खाद्यान्न गोदाममै थन्कियो

हेलिकप्टरबाट ल्याइएकाे खाद्यान्न गोदाममै थन्कियो
उदयपुर - उदयपुरको ताप्ली र लिम्चुङबुङ गाँउपालिकका बाढीपहिरो पीडितका लागि पाँच दिन अघि प्रदेश १ सरकारले पठाएको राहत गोदममै थन्किएको छ । पीडितहरु भने भोकै परेका छन् । वास्तविक पीडितका पहिचान नहुदाँ राहात गोदाम मै थन्किएको हो। असार अन्तिमको वर्षातसँगैको बाढी पहिरोले सडक अवरुद्ध भएपछि ताप्ली र लिम्चुङबुङ गाँउलिकामा खाद्यान्न अभाव भएको भन्दै स्थानीय सरकारको माग अनुसार प्रदेश सरकारले आपतकालीन राहतक...

पूर्व उपसचिवको घरलाई लक्षित गरी गोली प्रहार

पूर्व उपसचिवको घरलाई  लक्षित गरी गोली प्रहार
काठमाडौं - मंगलबार साँझ कलंकीस्थित कलंकीमाई मन्दिर नजिकै पूर्वउपसचिव विष्णु प्रसाद शर्माको  को घरलाई लक्षित गरी गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। गोली झ्याल फोडेर घरभित्रै छिरेको छ। तर कसैलाई गोली भने लागेको छैन। गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन्। ...