आविष्कार केन्द्रलाई रु १ लाख सहयोग

आविष्कार केन्द्रलाई रु १ लाख सहयोग
गलेश्वर - म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको रु एक लाख महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ । समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड स्थित इस्माइल क्याफेमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रक...

होचा व्यक्ति खगेन्द्रको निधन

होचा व्यक्ति खगेन्द्रको निधन
चिप्लेढुङ्गा - होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् । मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थापा मगरलाई आज दिउँसो करीब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर ...

देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर

देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर
काठमाडौँ - खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ । विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे आज खानेपानी मन्त्रालयमा प्रस्तुति गरिएको थियो । ‘एनवास’ नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका खानेपानी आयोजनाको डिजिटल त...

समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक- मुख्यमन्त्री पौडेल

समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक- मुख्यमन्त्री पौडेल
हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान् यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तत्र्रिmया कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेव...

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् । युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा राजनीति...

काउन्सिलको नेतृत्व लब्ध प्रतिष्ठित र विशिष्ट व्यक्तिबाट

काउन्सिलको नेतृत्व लब्ध प्रतिष्ठित र विशिष्ट व्यक्तिबाट
काठमाडौं - राज्यको चौथो अङ्गका रुपमा मानिँदै आएको पत्रकारिता क्षेत्रलाई नियमन गर्ने नेपाल मिडिया काउन्सिलको नेतृत्व लब्ध प्रतिष्ठित र विशिष्ट वजनदार हुनुपर्छ भन्नेमा मतैक्यता देखिएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा सदस्यहरुले राज्यका प्रमुख (कार्यकापलिका, न्यायपालिका र व्यवस्थापिका) अङ्गजस्तैे पत्रकारिता क्षेत्रलाई सही मार्गमा हिँडाउन र निर्देशित गर्न मिडिया काउन्सिलमा...

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ – प्रहरी

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ – प्रहरी
काठमाडौँ - गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको आज सिसी टिभी फुटेज नै सार्...

दकोरियामा कार्यरत दुई नेपालीको निधन

दकोरियामा कार्यरत दुई नेपालीको निधन
 दक्षिण कोरिया - रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू ...

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा
काठमाडौँ - नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो । विभागले दायर गरेको अभियोगपत्रमा बरुणले रु ६४ करोड ९६ लाख कर छली गरेकाले बिगो असुल गरी त्यसको दोब्बर जरिवाना र ...

मानव–बाँदरबीचको द्वन्द्व : अल्पकालीन र दीर्घकालीन सुझाव

मानव–बाँदरबीचको द्वन्द्व : अल्पकालीन र दीर्घकालीन सुझाव
काठमाडौँ - पछिल्लो समय मुलुकभर खासगरी वनजङ्गल क्षेत्र आसपास गरिने कृषिका लागि बाँदरले बालीनाली नाश गर्ने समस्या बढ्दो छ । बढ्दो रुपमा रहेको मानव बाँदरबीचको द्वन्द्व न्यूनीकरणका लागि अनुसन्धान गरी अल्पकालीन र दीर्घकालीन उपाय सुझाइएको छ । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनले एक वर्ष लगाएर गरेको अनुसन्धानबाट बाँदर हिँड्ने बाटोमा ऐना राख्दा ऐनामा आफूजस्तै तस्बिर देखेर बाँदर डर...