मुग्लान (म्हिला ह्युल)मा रोशनी र फूर्वा

मुग्लान (म्हिला ह्युल)मा रोशनी र फूर्वा
काठमाडौं - तामाङ समुदायको चर्चित नायिका रोशनी ब्लोन र मोडल फुर्वा दोर्जे मोक्तानले अभिनय गरेको मुग्लान (म्हिला ह्युल) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतको भिडियो डम्फू मिडिया प्रा. लि. को च्यानलबाट रिलिज गरिएको हो। यो गीतमा निमा दोङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत निमा दोङ कै रहेको छ । अमिर दोङको सम्पादन रहेको उक्त भिडियोमा नायिका रोशनी...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने
सुर्खेत - वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा प...

‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्छ ’

‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्छ ’
लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल तामाङ घेदुङ चिती एकाइले आज तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उहाँले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा ...

छाउपडी प्रथा हटाउनेबारे छलफल

छाउपडी प्रथा हटाउनेबारे छलफल
धनगढी - सङ्घीय सरकारका मन्त्री र सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीबीच आज यहाँ सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने विषयमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको छलफलमा छाउपडी प्रथा हटाउन तीनवटै तहका सरकारले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिइएको छ । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक कलङ्कको रुपमा रहेको ...

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो । खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गर्नुभयो । क...

पहिचान नमासिने गरी संस्कारमा परिवर्तन गरौँ – उर्जामन्त्री पुन

पहिचान नमासिने गरी संस्कारमा परिवर्तन गरौँ – उर्जामन्त्री पुन
घोराही - नेपाल सरकारका जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनले अब नयाँ पुस्ताले पुर्खाको पहिचान नमासिने गरी संस्कारमा परिमार्जन ल्याउनुपर्ने बताउनुभएको छ । मगर भाषा साहित्य प्रतिष्ठान दाङले आज घोराहीमा आयोजना गरेको मगर वेषभूषा प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै उहाँले इतिहासमा रहेका केही विकृतिलाई मासेर पहिचान नमेटिने गरी पुर्खाले मान्दै आएको संस्कारलाई आधुनिकता तरिकाले अगाडि बढाउ...

साँझ परेपछि राजधानिमा पाइदैन सार्वजानिक साधन

साँझ परेपछि राजधानिमा पाइदैन सार्वजानिक साधन
काठमाडौँ - बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो । सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन । शुक्रबार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रा...

नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक – पर्यटनमन्त्री

नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक – पर्यटनमन्त्री
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएको बताउनुभएको छ । वृहत् राष्ट्रिय शान्ति कोटीहोम महायज्ञ एवम् चन्द्रागिरी धार्मिक पर्यटन महोत्सवबारे जानकारी दिन मूल समारोह समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भन्नुभयो, ‘‘नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएको मुलुक हा, त्यसप्रति हामी गर्व गछौँ ।’’ ...

अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता, खोजी जारी

अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता, खोजी जारी
अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली...

कारागार निर्माणमा ढिलासुस्ती

कारागार निर्माणमा ढिलासुस्ती
बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीय कारागार निर्माण ठेकेदारको ढिलासुस्तीले अधुरो बनेको छ । तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार निर्माणको काम तीन वर्ष बित्दा पनि पूरा भएको छैन । गत कात्तिक ८ गते ठेक्का सम्झौताको निर्धारित तीन वर्षको समय बितिसकेको छ । कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ५३ करोड लागत अनुमान गरिएकामा ठेकेदार कम्पनी पप्पु–र...