काठमाडौं – तामाङ समुदायको चर्चित नायिका रोशनी ब्लोन र मोडल फुर्वा दोर्जे मोक्तानले अभिनय गरेको मुग्लान (म्हिला ह्युल) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतको भिडियो डम्फू मिडिया प्रा. लि. को च्यानलबाट रिलिज गरिएको हो।

यो गीतमा निमा दोङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत निमा दोङ कै रहेको छ । अमिर दोङको सम्पादन रहेको उक्त भिडियोमा नायिका रोशनी ब्लोन र फुर्वा दोर्जे मोक्तानको माया,प्रेम र स्नेह देख्न सकिन्छ । भिडियोमा हास्यकलाकार कुईसाङ रुम्वाको पनि अभिनय रहको छ । विदेशी भुमि र स्वदेशमा छायांकन गरिएको भिडियोमा स्वदेशमा बस्ने तथा विदेशमा रहेका युवाहरुको बीचमा रहेको माया प्रेमको विषय वस्तुलाई उठान गरेको छ ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यातामा ,नायिका चाँदनी मोक्तान, चलचित्रकर्मी आस्मान लामा, चलचित्र कर्मी भुइसाल लामा, बौद्यको पूर्व वडा अध्यक्ष एवं समाजसेवी नेपाल जित लामा, नेपाल राष्ट्रिय तामाङ घेदुङका संचार विभाग प्रमुख कर्मा लामा, गायक अभिषेक मोक्तान,गायक जगत घिसिङ,संचारकर्मी विकास देव लामा,पत्रकार मिलन लामा लगाएतका अतिथिहरुको सहभागितामा उक्त भिडियो सार्वजनिक भएको थियो । कार्यक्रम सञ्चालन भने संचारकर्मी सुदिन लामाले गरेका थिए ।

भिडियो…….

तपाईको प्रतिक्रिया