बरामद सुन ६० किलो सात सय ८९ ग्राम

बरामद सुन ६० किलो सात सय ८९ ग्राम
काठमाडौं - मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले राससलाई बताउनुभयो । उहाँका अनुसार भोलि बिहान १०ः३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि...

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध
काठमाडौं - सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत...

वर्षा अझै केही दिनः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

वर्षा अझै केही दिनः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौं - अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यसैगरी महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले त्यहाँ पनि आवश्यक सतर्कता अपनाउन भनिएको छ । कन्काई, कम...

कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ
संखुवासभा - संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक ९असई० लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । कैदी मृत्यु प्रकर...

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध
काठमाडौ - अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् । पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकखण्ड र मेलम्ची–भोताङ सडकखण्ड, मुग...

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे
ढाका - बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको ...

९३ वर्षीया असक्तलाई घरमै नागरिकता प्रदान

९३ वर्षीया असक्तलाई घरमै नागरिकता प्रदान
भादगाउँ - जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उहाँकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो । विसं १९८६ भदौ ७ गते जन्मनुभएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । सो नागरिकता हराएपछि उहाँले एकाघरका पर...

विदेशको सीप स्वदेशमा लगाउँदा…

विदेशको सीप स्वदेशमा लगाउँदा…
गलकोट (बागलुङ) - रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उहाँले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाल्नुभयो । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्र्म सञ्चालन गरेर मनग्य आम्दानी मात्र...

कागखोला बाढी : स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’

कागखोला बाढी : स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’
म्याग्दी - मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै हुुनुहन्थ्यो । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो । “खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र ...

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी
काठमाडौं - यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उहाँ दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्रमा हामीले...