आगो अझै नियन्त्रण बाहिर

आगो अझै नियन्त्रण बाहिर
मनाङ - गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भन्नुभयो । चारैतिर अग्...

सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै

सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै
बैतडी - कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् । झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् ...

देखिन थाले दैलेखमा लोपोन्मुख गिद्ध

देखिन थाले दैलेखमा लोपोन्मुख गिद्ध
दुल्लू - विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् । बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्...

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
खोटाङ - आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते हुनुभएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते हुनुभएकी हिमादेवीक...

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’
गलकोट - नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा...

मिथिला नगरपालिका विद्यालय बन्द

मिथिला नगरपालिका विद्यालय बन्द
धनुषा - बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बत...

घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु
भक्तपुर - निर्माण हँुदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । घरको दोस्रो तलाबाट...

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर दिएको थियो । बसको ठक...

उपलब्धि रक्षा गर्न सहिदको शालिकअघि धर्ना

उपलब्धि रक्षा गर्न सहिदको शालिकअघि धर्ना
काठमाडौँ -सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार हुनथालेको ठहर गर्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शोभाभगवतीस्थित सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना दिएकोे छ । सहिद दिवसको अवसर पारेर प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको नेतृत्वमा संसद् विघटन असंवैधानिक र सहिदको सपना विपरीत भएको भन्दै एक घण्टा धर्ना दिइएको हो । सहिदको शालिकमा माल्यार्पण गर्नुहुँदै पूर्वमन्...

भिसिटिएसमा मालवस्तु प्रविष्ट नगर्नेलाई विभागको जरिवाना

भिसिटिएसमा मालवस्तु प्रविष्ट नगर्नेलाई विभागको जरिवाना
काठमाडौँ -राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ९भिसिटिएस०मा प्रविष्ट नगरी मालवस्तु ढुवानी गरेका व्यवसायीलाई रु २४ लाख २५ हजार बराबरको जरिवाना गरेको छ । विभागले आज एक विज्ञप्ति प्रकाशन गरी यही माघ ७ र ८ गते काठमाडौँको ढुङ्गेअड्डा र नयाँ सडकमा गरेको अनुगमनका क्रममा भिसिटिएस प्रणालीमा आवद्ध नगरी मालसामान ओसार पसार गरेको पाइएको जनाएको हो । व्यवसाय गर्ने सम्पूर्ण फर...