छोरीको हत्या गरी बाबु फरार

छोरीको हत्या गरी बाबु फरार
काठमाडौ – बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा ९धामी०को गोली हानी हत्या गरेका हुन् । शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, ...

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा
कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक ...

जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही

जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही
काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबिनिवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही गरिने चेतावनी दिनुभएको छ । मन्त्री तुम्बाहाङफेले भन्नुभयो “एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही हुन्छ ।” भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई आज यहाँ निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन...

त्रिभुवन आर्मीलाई उपाधि

त्रिभुवन आर्मीलाई उपाधि
काठमाडौ – महोत्तरीको भङ्गाहा नगरपालिकामा सम्पन्न मेयर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । एपिएफ (सशस्त्र प्रहरी बल) क्लबसँगको आज भएको फाइनल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले २—१ को अन्तरले जीत हासिल ग¥यो । भङ्गाहा नगरपालिकाको आयोजना र नेशनल युथ क्लव भङ्गाहा–५ को सहआयोजनमा माघ १६ गते शहीद दिवसका अवसरमा शुरु भएको प्रतियोगितामा मुलुकभित्रका आठ टिम सहभागी थिए । विजयी ...

थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौ – देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४२ महिला र ५७ पुरुष गरी कूल ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४८ जना उपचारपछि निको भएर घर फर्किए...

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्दछ : प्रदेश प्रमुख अधिकारी

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्दछ : प्रदेश प्रमुख अधिकारी
काठमाडौ – प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुलुकको समद्धिका लागि मौलिक कला र संस्कृतिको संरक्षण हुनुपर्ने बताउनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आज आयोजित १६ औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा उहाँले स्रष्टाले सिर्जना गरेका कृतिलाई संरक्षण, सम्वद्र्धन र विस्तारमा लाग्नु सबैको साझा दायित्व हो भन्नुभयो । प्रमुख अधिकारीले साहित्य, संस्कृति र कलाले जीवनलाई स...

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल
काठमाडौ - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताउनुभएको छ । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउनुभएको हो । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।” ...

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष न...

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ
काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उहाँले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गर्नुभयो । निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा ...

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्
भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् । पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् । आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यक...