एक वर्षमा पनि गुडेन रेल
काठमाडौं - कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आमनागरिकमा ठूलो आशा पलाएको थियो तर रेल आएको ठीक एक वर्ष पुग्दा पनि त्यो रेल चल्ने छाँटकाँट देखिएको छैन । इनरुवा स्टेसनमा दुईवटा रेल एक वर...