को-को बन्लान् मुख्यमन्त्री ?

को-को बन्लान् मुख्यमन्त्री ?
सुर्खेत - प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने दौड थालेका छन् । प्रदेश १ बाहेक अन्यमा सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमाले नेतृत्वको चुनावी गठबन्धनले बहुमत ल्याउने भए पनि सरकार...

एक दर्जन सरकारीसहित ३४ निकाय कामपाको निशानामा

एक दर्जन सरकारीसहित ३४ निकाय कामपाको निशानामा
काठमाडौं - नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी १० सहित ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौं महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज शुरू गरेको छ । कामपाका अनुसार ती निकायहरूबाट झन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ । कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, ...

बिरामीलाई चर्को पार्किङ शुल्क

बिरामीलाई चर्को पार्किङ शुल्क
काठमाडौं - रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुप-यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उहाँ अक्मकिनुभयो तर त्यति शुल्क नबुझाएर उम्किनै पाउनुभएन । सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्काे शुल्...

जबराले लगाए उल्टै गम्भीर आरोप

जबराले लगाए उल्टै गम्भीर आरोप
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिँदै न्यायालयमा राजनीतिक हस्तक्षेप कसरी हुन्छ र राजनीतिको फेर समातेर न्यायालय कसरी लरबराउँछ भन्ने पोल खोलेका छन्। उनले राजनीतिक स्वार्थसिद्धि नहुने देखेपछि आफूमाथि महाभियोग लगाइएको जिकिर गरेका छन्। महाभियोगको सामना गरिरहेका जबरा बुधबार मध्याह्न यसरी संसदीय कठघरामा उभिएका हुन्। न्यायिक इतिहासमै ...

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियोः २१ जनाको शव फेला

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियोः २१ जनाको शव फेला
पोखरा - १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छँदै सम्पर्कविहीन बन्यो। सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्ट...

बलात्कार अनुसन्धानलाई तमासा बनाउँदै आरोपितका समर्थक

बलात्कार अनुसन्धानलाई तमासा बनाउँदै आरोपितका समर्थक
काठमाडौँ‚ तनहुँं - किशोरीमाथि जबर्जस्ती करणी र यौन शोषणको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौन सम्पर्क गरेमा बलात्कार ठहरिन्छ । तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आतंकित’ बनाउन अहिले स...

दुई दर्जन अविष्कार अन्तिम चरणमा

दुई दर्जन अविष्कार अन्तिम चरणमा
काठमाडौं - प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपियाँ खर्च पनि धेरै होइन । जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि । समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् । केही परी...

अन्तिम रुट सर्वेक्षण सुरु

अन्तिम रुट सर्वेक्षण सुरु
काठमाडौं - नेपाल र भारतबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा प्रस्तावित काठमाडौँ–रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण सुरु भएको छ । रेल विभाग वरिष्ठ इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले सर्भेका लागि भारत सरकारले नेपालमा प्राविधिक टोली पठाइसकेको र सो टोलीले वीरगञ्जबाट सर्भेको काम सुरु गरेको जानकारी दिनुभयो । प्रवक्ता चित्रकारले नेपाल र भारतबीच भएको द्विपक्षीय समझदारीअनुसार काठमाडौँ–रक्सौल ब्...

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने
काठमाडौं - अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने ...

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

एमसिसी संसद्मा टेबुल गर्ने तयारी
काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्। सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल ने...