जब उनको भगवान् थुनामा परे
गोरखा - ७४ वर्षीया राममाया शाही सोमबार विहान जिल्ला प्रहरी कार्यालयमा पुगिन्। उनको काँधमा एउटा झोला थियो। प्रहरी कार्यालयको एउटा बन्द कोठा अगाडि उनले झोला बिसाइन्। चप्पल फुकालिइन् र झोलाभित्रबाट करुवाको जल, पञ्चपालाको अविर, अक्षता, पालाको दियो, फूल, प्रसाद, ध्वजा, धुप, घण्टा इत्यादि झिकेर ढोका अगाडि फिँजारिन्।
उनी को हुन्, किन आएकी हुन्, यहाँ के गरिरहेकी हुन् भनेर चिन्न, जान्न ड्युटीमा रहेका प...