कीर्तिपुरको चुनावी सरगर्मी,खानेपानीको समस्या मुख्य मुद्दा

कीर्तिपुरको चुनावी सरगर्मी,खानेपानीको समस्या मुख्य मुद्दा
कीर्तिपुर (काठमाडौं ) - कीर्तिपुरमा विसं २०५१ को मध्यावधि निर्वाचनमा खानेपानी समस्या प्रमुख मुद्दा बन्यो । त्यसपछिका प्रत्येक स्थानीय निर्वाचनमा पनि खानेपानी समस्या प्रमुख मुद्दा बन्दै आयो । ३० वर्षपछि पनि यो समस्या समाधान हुन सकेको छैन । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि खानेपानीकै समस्या प्रमुख मुद्दा बनेको छ । जसलाई मत दिए पनि केही उपलब्धि नदेखिएको नैराश्यता व्यक्त गर्दै कीर्त...

चासोक तङ्नामको तयारीमा जुट्दै लिम्बू समुदाय

चासोक तङ्नामको तयारीमा जुट्दै लिम्बू समुदाय
उर्लाबारी - मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङनामको तयारीमा जुटेका छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङनाम मनाउने गर्छन् । चासोक पर्वका अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० गतेदेखि पुस ४ गतेसम्म ५ दिने बृहत् सांस्कृतिक कार्यक्रमसहित जातीय महोत्सवको आयोजना गर्न लागिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभय...

अनलाइन अवरुद्ध हुँदा एक सातादेखि राहदानी वितरण प्रभावित

अनलाइन अवरुद्ध हुँदा एक सातादेखि राहदानी वितरण प्रभावित
काठमाडौं - राहदानी विभागको अनलाइन प्रणाली बुधबारदेखि अवरुद्ध छ । प्रणाली अवरुद्ध हुँदा राहदानी वितरण प्रभावित भएको छ । आइतबारदेखि आंशिक सुचारु भए पनि देशभित्र र बाहिरका हजारौं सेवाग्राही मर्काका परेका छन् । म्याग्दी घर भएका नवराज जैसी कतारमा काम गर्छन् । त्रिपुरेश्वरस्थित विभाग परिसरमा भेटिएका जैसीले केही दिनमा कतार फर्कनुपर्ने भएकाले राहदानी नवीकरण चाँडो हुन्छ भनेर काठमाडौं आएर निवेदन दिएको बताए...

इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय

इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय
काठमाडौं - केयरगिभरका लागि इजरायलमा नेपाली कामदार पठाउनका लागि नेपाल सरकार र इजरायल सरकारबीच द्विपक्षीय सम्झौता भएको छ। यसका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ। आवेदन  खुल्ला गरिएको छ। यही मौका पारेर इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोह पनि सक्रिय भएका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन आग्रह...

मानिस मात्र होइन जनावरका लागि पनि धराप

मानिस मात्र होइन जनावरका लागि पनि धराप
अछाम - देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप बनेका छन् । कर्णाली नदीमा रहेको त्यस्तै झोलुङ्गे पुलको लट्ठा चुँडिँदा दुई खच्चड मरे । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडा र कर्णाली प्रदेशको दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लट्ठा आइतबार चुँडिँदा फसेका १३ मध्ये ११ खच्चडको भने जीवितै ...

आर्यघाटमा दागबत्ती दिए, काजक्रिया गर्न नपाउँदै परिवारका ६ त्रिशूलीमा बिलाए

आर्यघाटमा दागबत्ती दिए, काजक्रिया गर्न नपाउँदै परिवारका ६ त्रिशूलीमा बिलाए
गोरख - पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुँदै थियो। मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए। सबैको चेहरा जमिनमुखी थियो। केही प्रौढ महिलाहरू मृतकको घर गोरखा नगरपालिका— ७ पौवाखेतमा भेला भएका थिए। उनीहरू मृतक ३९ वर्षका शंकर रोकाकी श्रीमती बबिता रोकाको वरिपरि बसिरहेका थिए। कोही कसैसँग बोल्ने अवस्थामा थिएनन्। हेर्दा १५, १६ जना महिलाहरू त्यहाँ देखिन्थे, तर कोही कसैसँग नबोल्दा सन्नाटा छाएक...

विश्व रङ्गमञ्च दिवस : रङ्गमञ्चमा आर्थिक सङ्कट कहिलेसम्म

विश्व रङ्गमञ्च दिवस : रङ्गमञ्चमा आर्थिक सङ्कट कहिलेसम्म
काठमाडौं - आज मार्च २७ अर्थात् विश्व रङ्गमञ्च दिवस । सन् १९६१ देखि अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवस मनाउन थालेको हो । ‘शान्तिका लागि कला’ भन्ने मूल नारासहित मनाउन लागिएको यो दिवसले रङ्गकर्मीलाई अझै पनि खासै छुन सकेको छैन । पछिल्लो समय युवा पुस्ताको आकर्षण रङ्गमञ्चमा बढ्दै गए पनि रङ्गमञ्चलाई भविष्यको बाटो बनाएर हिँडेका रङ्गकर्मीको आर्थिक अवस्था भने अझै सुधार हुन सकेको छैन । नाटकमा अभ...

शाकाहारी गाउँको शताब्दी यात्रा

शाकाहारी गाउँको शताब्दी यात्रा
हिले (धनकुटा), - एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार न...

जिउडाल हेरेर महिलाको मोलमोलाइ

जिउडाल हेरेर महिलाको मोलमोलाइ
काठमाडौं  - ‘अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन।’ घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती...

योजना कटौतीबारे उच्च अदालतमा परेको उजुरीमा अन्तरिम आदेश

खोटाङ — राजनीतिक पूर्वाग्रहले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठेक्का लागेका दुई वटा योजना हटाएको भन्दै उच्च अदालतमा परेको उजुरीमा अन्तरिम आदेश जारी भएको छ । तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले ठेक्का आहृवान गरेको बहुवर्षीय आयोजना अन्तर्गत रसुवाघाट–पाँचधारे सडक र चिसापानी–देवीस्थान–मैनटार–पौवासेरा सडक अन्तर्गत पर्ने बुवाखोलाको पुल हटाएको भन्दै उच्च अ...