प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
काठमाडौं - ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित ...

आहा ! रारा गोल्डकप चैत १७ देखि

आहा ! रारा गोल्डकप चैत १७ देखि
कास्की- मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ९एन्फा०बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको छ । ‘खेलकूदको विकासमा सहकार्य ...

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै
काठमाडौं - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गर...

कतार टी २० सिरिज ः बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

कतार टी २० सिरिज ः बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको ना...

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस
मेरुदण्डीय पक्षघात भएकामा ह्विलचियर प्रतियोगिता आयोजना गरेर गोकर्णस्थित राष्ट्रिय शहिद स्मारक निर्माण क्षेत्र स्थलमा शहिद दिवस मनाइएको छ । स्मारक पर्यापर्यटन व्यवस्थापन समिति र निर्जन मेरुदण्डीय पक्षघात समूहले संयुक्तरुपमा आज आयोजना गरेको प्रतियोगितामा ५५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमका विजयीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो...

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई
दमौली- तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जित्नुभएको छ । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जित्नुभएको हो । कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय हुनुभएको थियो । म्याराथनमा सोलुख...

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि
काठमाडौं - चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ ।शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ । प्रतियोगिताका बारेमा ज...

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा
कास्की - नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । खेलाडी तथा...

राष्ट्रिय महिला लिग फुटबल ः एपीएफद्वारा त्रिभुवन आर्मी पराजित

राष्ट्रिय महिला लिग फुटबल ः एपीएफद्वारा त्रिभुवन आर्मी पराजित
काठमाडौं - राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । एपीएफ लगातार तेस्रो खेलमा विजयी भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजको खेलमा एपीएफका लागि अञ्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गर्नुभयो । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको २७औँ मिनेटमा एपीएफका ल...

एक पालिका : एक खेलमैदान बनाइँदै

एक पालिका : एक खेलमैदान बनाइँदै
दमौली - तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिका : एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो । ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि रु २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी द...