टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम
काठमाडौँ, १३ - साउन अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार...

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा
काठमाडौँ - कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६र७७ बाट स्थगन गरिएको ‘काउन्टर साइक्लिकल बफर’को व्यवस्था पुनः कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आएको जनाएको हो । बैंकको पुँजीकोषको पर्याप्ततासम्बन्धी व्यवस्थाका लागि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था ल्याएको हो । राष्ट्रिय स्तरका बाहेक विकास बैंक र...

४६ व्यवसायीको बैंक खाता रोक्का

तनहुँ - तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिनुभयो । “अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका ...

भ्याट फिर्ताको माग गर्दै रिट दायर

भ्याट फिर्ताको माग गर्दै रिट दायर
काठमाडौँ - नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो । नाट्टाका अध्यक्...

दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी

दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी
बलेवा - बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् । बिहीबार बिहानै उपभोक्ताले दूध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्...

कामपाले दियो नगरवासीलाई कर छुट सुविधा

कामपाले दियो नगरवासीलाई कर छुट सुविधा
काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा ...

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन
काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिनुभएको हो । मन्त्री महतले भन्नुभयो, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ...

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा
भरतपुर - चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार ...

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन
चितवन - आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो । चितवनलक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा रु पाँच अर्ब ७९ कर...

एकाउन्न करोडको कोदो भारतबाटआयात

एकाउन्न करोडको कोदो भारतबाटआयात
झापा - मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो । आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट ...