साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका
लहान :लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ । साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन १ गतेदेखि वडामा साक्षर कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । साक्षर कक्षामा नगरक्षेत्र भित्र रहेका विद्यालयका शिक्षकलाई खटाइने योजना रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख राजकुमार साहले जानक...

स्वास्थ्य सेवाको पहुँच बढ्दै

स्वास्थ्य सेवाको पहुँच बढ्दै
कञ्चनपुर , कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ । बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ । घर घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिनुभयो । कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उहाँले ...

चीनमा कोरोना भाइरसका ५७१ संक्रमित– चीन

चीनमा कोरोना भाइरसका ५७१ संक्रमित– चीन
९ माघ (रासस÷सिन्ह्वा) : चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सह...

अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु

अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु
अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु सिड्नी, ९ माघ (रासस/एएफपी) – अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली क...

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि ठूला कार्यक्रम नगर्न चीनको आग्रह

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि ठूला कार्यक्रम नगर्न चीनको आग्रह
पछिल्लो केही समयदेखि विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको सङ्क्रमण थप फैलिनबाट रोक्नका लागि बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने भएको छ । सरकारले सुरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिसो, फ्लु वा निमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ कोरोना भाइरस (२०१९–कोभ) को सङ्क्रमण हरेक दिन फैलिएका सूचनापछि श्वास्थ्य अधिकारीहरूको अनुरोधमा सरकारले नयाँ व...

दैलेखमा भत्काइए २४१ छाउगोठ

दैलेखमा भत्काइए २४१ छाउगोठ
गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्...

रामग्रामलाई पोषणयुक्त बनाइँदै

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई षोषणयुक्त नगर बनाउन कार्ययोजना बनाइएको छ । कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सरोकार पक्षले सामूहिक प्रतिबद्धतासमेत जनाएका छन् । मातृ शिशुु तथा किशोरकिशोरीको पोषणस्थितिमा सुधार ल्याउन यस किसिमको योजना बनाइएको नगरपालिकाले जनाएको छ । बालमैत्री अभियानलाई समेत सघाउ पुग्ने गरी नगरपालिकालाई स्वच्छ, सफा, स्वस्थ्य र पोष...

नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ । यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर सम...

मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै

मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै
झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले बताउनु...

काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभ...