यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा
काठमाडौं - काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो ।
कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्...