अब घरमै पिसिआर

अब घरमै पिसिआर
काठमाडौं - अब बिरामी वा व्यक्तिलाई कोभिड-१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न 'घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी ...

देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने

देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिनुभयो । ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउनेछन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती ...

२४ घण्टामा थपिए ८१७३ संक्रमित, निको हुने ७९८९

२४ घण्टामा थपिए ८१७३ संक्रमित, निको हुने ७९८९
काठमाडौं - पछिल्लो २४ घन्टामा ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। परीक्षण गराएकामध्ये पीसीआरबाट ८ हजार ६४ जनामा र एन्टिजेनबाट १०९ जना गरी ८ हजार १७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ। थप ७ हजार ९८९ जना कोरोनामुक्त भएका छन्। यस्तै काठ...

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् । सभापति देउवाले अस्पतालरुह...

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएकाे पुष्टि

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएकाे पुष्टि
काठमाडौं - नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भ...

अक्सिजन सिलिण्डरको खोजीमा प्रहरी थप सक्रिय

अक्सिजन सिलिण्डरको खोजीमा प्रहरी थप सक्रिय
काठमाडौं - कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिण्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ। प्रहरीले पछिल्लो दुई हप्तामा मात्रै नौ हजार बढी सिलिण्डर खोजी गरी स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा अत्यावश्यक क्षेत्रमा वितरण गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प...

चन्द्रागिरिमा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन

चन्द्रागिरिमा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन
काठमाडौं - काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन क...

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द
काठमाडौं - कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् । विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि दबाब दिँदै आएको नेपाल ...

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार
झापा - नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।  आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो ।  सास फेर्न समस्या देखिए सकभर...

२४ घण्टामा कोरोनाबाट थप १४५ जनाको मृत्यु

२४ घण्टामा कोरोनाबाट थप १४५ जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् ।