अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन

अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन
भरतपुर - चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज...

पशुचौपायालाई निकुञ्ज बाहिर घाँस रोप्दै स्थानीय

पशुचौपायालाई निकुञ्ज बाहिर घाँस रोप्दै स्थानीय
जानकी - निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्नका लागि राप्ती सोनारी गाउँपालिका–१ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस रोपेका छन् । बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले पशु चौपायाका लागि आवश्यक डाले घाँस, किमु, भटमासे, काप्रोलगायत प्रजातिका करिब एक हजार द...

सहर झरेर कृषि उद्यम

सहर झरेर कृषि उद्यम
गण्डकी  - रमेश श्रेष्ठ विदेशको रहरले आठ वर्षअघि दोलखाको मेलुङबाट काठमाडौँ झर्नुभएको थियो । उमेर छँदै कमाउने सोचले पहिलोपटक घर छोड्नुभएका उहाँ महिनौँसम्म म्यानपावर कम्पनी धाउनुभयो । विदेशको सपना बीचमै त्यागेर श्रेष्ठले एकाएक बाटो मोड्नुभयो । पोखरामा उहाँका दाइ देव पहिलेदेखि नै रेष्टुराँ चलाउनुहुन्थ्यो । दाइकै सल्लाहमा श्रेष्ठ पनि २०७२ सालको हिउँदतिर पोखरा आउनुभयो । दाइभाइ मिलेर नयाँ व्यवसायको योजना...

दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते

दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
पाँचथर - पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो । दुर्घटनामा इला...

सहकारीद्वारा सामूहिक आलु खेती

सहकारीद्वारा सामूहिक आलु खेती
गलेश्वर - पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ । सहकारीले खेर गएको जमिनसँगै भाडामा लिएर माटो परीक्षण गरेर माटो सुहाउँदो उत्पादनमा जोड...

धान उत्पादन बढ्ने विश्वासमा सुच्चा पूजा

धान उत्पादन बढ्ने विश्वासमा सुच्चा पूजा
नेपालगञ्ज - बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् । “वर्षौंदेखि पुर्खाहरुले नै यो पूजा गर्दै आउनुभएको छ, त्यही भएर रोपाइँ सकिएपछि हामी यस्तो पूजा गर्छौं”, धामपुरका स्थानीय लौटन थारूले भन्नुभयो । उहाँले उक्त पूजाका कारण वर्षा हुने र त्यसबाट धान उत्पादनमा वृद्धि हुने ...

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

सधैँ सताइरहने दब्ल्लाङको पहिरो
गलकोट - बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरु यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका–१२, १३...

शिक्षासेवी तिमिल्सिना सम्मानित

शिक्षासेवी तिमिल्सिना सम्मानित
गण्डकी - नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुु¥याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयको भाषिक ज्ञानलाई प्रभावकारी बनाउन योगदान पु¥याउनुका साथै सेवा निवृत्तपछि पनि लेखन कार्यमार्फत नेपाली भाषाको विकासमा योगदान पु¥याएको भन्दै तिमिल्सिनालाई रु १० हजार एक सय ...

बाँझो जमिनमा फलफूलाका बिरुवा उत्पादन

बाँझो जमिनमा फलफूलाका बिरुवा उत्पादन
ढोरपाट - गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना गर्न थालेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग ...

प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट

प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट
काठमाडौँ - इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट ९आइएफएडी० का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् । आइएफएडीले विकासशील मु...