बाद्यवादनमा भविष्य खोज्दै
–सुशीला रेग्मी
रामपुर (पाल्पा) - सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले ।
उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ...