‘सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु’
काठमाडौं - चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।
आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सिटिइभिटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने, प्रवेश परीक्षा लिनेसम्बन्धी सूचना प्रकाशित गर्नेजस्ता कार्य नगर्न आग्रह गर्नुभएको छ ।
आयोगले यसअघि नै चिकित्सा श...